Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब १८ करोड रुपैयाँको कारोबार

    दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब १८ करोड रुपैयाँको कारोबार

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 597
    SHARES

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से २५.३१ अंकले बढेर २ हजार ९७.५५ विन्दुमा बन्द भएको हो ।

    आज फाइनान्स र होटलबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत् समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।



    आज कारोबार रकम समेत बढेर ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार रुपैयाँ बराबरको ८५ लाख ४ हजार कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३३ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भयो ।



    बुधबार ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन शिव श्री हाइड्रोपावर, सिवाइसी नेपाल लघुवित्त र रिभर फल्स पावरको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार