Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता, के भयो कुराकानी ?

    प्रधानमन्त्री प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 555
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार अपराह्न बालुवाटारमा भेटवार्ता भएको हो ।

    भेटमा उनीहरूबीच एमसीसीका विषयमा छलफल भएको बताइएको छ । मन्त्री लुले एमसीसी कार्यान्वयनको प्रगतिबारे प्रधानमन्त्री दाहालसँग चासो राखेको बुझिएको छ ।



    प्रधानमन्त्री दाहालले एमसीसि छिट्टै पूर्ण कार्यान्वयनमा जाने जवाफमा फर्काएका छन् ।



    एक दिने भ्रमणका लागि काठमाडौं आएका लुले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग भेटवार्ता गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार