Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • अमेरिकी सहायक विदेशमन्त्री लु नेपालको भ्रमण सकेर स्वदेश फर्किए

    अमेरिकी सहायक विदेशमन्त्री लु नेपालको भ्रमण सकेर स्वदेश फर्किए

    अनलाइन नेपाल
  • शनिबार, १४ साउन २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु स्वदेश फर्किएका छन् ।

    बिहीबार अपराह्न काठमाडौं आएका लु भ्रमण सकेर शुक्रबार साँझ स्वदेश फर्किएका हुन् ।



    लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।



    दुई दिन नेपाल बसाइमा उनले थप विस्तारित नेपाल–अमेरिका व्यापार सम्बन्धको बारेमा आयोजित अन्तरक्रियामा सहभागी भए भने केही सीमान्तकृत समुदायका प्रतिनिधिहरूसँग मानव अधिकार संरक्षणमा कसरी मिलेर काम गर्न सकिन्छ भनेर छलफल गरे ।

    उनको यो पटकको नेपाल भ्रमणलाई अर्थपूर्ण ढंगबाट हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार