Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • आज नेपाल आइपुग्दै अमेरिकी सहायक विदेशमन्त्री लु

    आज नेपाल आइपुग्दै अमेरिकी सहायक विदेशमन्त्री लु

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 471
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन् ।

    दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री लुले एकदिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।



    भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।



    काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार लुको भ्रमणको औपचारिक घोषणा गरेको हो। ‘उहाँ फेरि नेपाल आउन उत्सुक हुनुहुन्छ,’ दूतावासले फेसबुक पोस्ट गरेको छ । लु अहिले दक्षिण एसिया भ्रमणमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार