Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • होटलमा बेहोस भेटिएका युवकको मृत्यु, सँगै बसेकी युवती पक्राउ

    होटलमा बेहोस भेटिएका युवकको मृत्यु, सँगै बसेकी युवती पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 2.1K
    SHARES

    कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित एक होटलमा सँगै बसेका युवकको मृत्यु भएपछि युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१४ फुलबारीकी ३२ वर्षीया सुुमि भनिने सुमित्रा सापकोटा रहेकी छन् ।

    शुक्रबार महेन्द्रनगरस्थित होटलमा बास बसेका कैलालीको धनगढी उपमहानगरपालिका–४ बोराडाडीका ३७ वर्षीय विष्णु पनेरुको शनिबार उपचारको क्रममा मृत्यु भएको थियो ।



    बेहोस भेटिएका उनको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।युवकको मृत्यु भएपछि आत्महत्या दुरुत्साहन मुद्दामा युवतीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो । पनेरुको परिवारले धनगढीकै एक युवतीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएका थिए ।



    ती युवती मृतक पनेरुसँगै धनगढीबाट महेन्द्रनगर आएर होटलमा बसेकी थिइन् । प्रहरीका अनुसार बसेको होटलको विषादीको बट्टा पनि भेटिएको थियो । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार