Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कांग्रेस सांसद शर्मा भन्छन् – केपी ओली ‘राष्ट्रिय पिता’ हुन्, गृह र अर्थमन्त्री नहटे अनसन बस्छु

    कांग्रेस सांसद शर्मा भन्छन् – केपी ओली ‘राष्ट्रिय पिता’ हुन्, गृह र अर्थमन्त्री नहटे अनसन बस्छु

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 3.2K
    SHARES

    काठमाडौं । अदालतपछि रिहा भएका नेपाली कांग्रेसका सांसद सुनिल शर्माले केपी शर्मा ओली ‘राष्ट्रिय पिता’ भएको बताएका छन् । शुक्रबार राति केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतबाट छुटेलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सांसद शर्माले यस्तो बताएका हुन् ।

    ‘जे भएपनि केपी ओली राष्ट्रिपिता हुन् । मेरो पिताजीसहर रोल निर्वाह गर्नुभएको, राष्ट्र नायकका रूपमा उहाँले आफूलाई उभ्याउनुभएको केपी शर्मा ओली र उहाँको पार्टीलाई म फरक पार्टीको भए पनि हृदयबाट धन्यवाद दिन चाहन्छु । म उहाँलाई भेट्छु पनि,’ शर्माले भने ।



    उनले शेखर कोइराला, गगन थापालगायतको पनि प्रसंशा गरेका छन् । साथै सांसद शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै आदेशमा आफूलाई सीआईबीले पक्राउ गरेको दावी गरे । उनले माओवादीसँगको सत्ता सहकार्य यथावत् राखिए कांग्रेस समाप्त हुने समेत बताए ।



    गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नहटाए सरकार ढल्ने उनको चेतावनी छ । सांसद शर्माले प्रचण्ड र नारायणकाजीले स्टन्टबाजी गरेर कांग्रेसका एकएक नेतालाई धूलोपीठो बनाउने योजना बनाएको उनले दाबी गरे । गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिए आफ्नो पूर्वनिर्धारित अनसन अघि बढ्नेसमेत जानकारी दिए ।

    मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई सीआईबीले बिहीबार उनकै निवास गल्फुटारबाट पक्राउ गरेको थियो । शुक्रबार अदालतमा उपस्थित गराइएका शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धानन अघि बढाउने गरी जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो । सोही अनुसार उनलाई सीआईबीले हिरासतबाट छाडेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार