Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि संयुक्त कार्यदल बन्ने

    उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि संयुक्त कार्यदल बन्ने

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 474
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि संयुक्त कार्यदल बन्ने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) पोषराज पोखरेलले समस्या समाधानका लागि संयुक्त कार्यदल बनाउने बताएका हुन् ।

    सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ट्राफिक प्रहरी, यातायात व्यवसायी र मजदुरहरुबीच भएको छलफलपछि समस्या समाधानका लागि कार्यदल बनाउने प्रस्ताव डीआइजी पोखरेलले गरे ।



    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ, नेपाल मिटर ट्याक्सी व्यवसायी संघको प्रतिनिधिहरुले चार महिनाअघि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय सम्हालेका पोखरेलसँग भेटगरी समस्या सुल्झाउन आग्रह गरेका छन् ।



    उनीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गत माघ २ र फागुन ३ गते भएको सहमतिको पूर्ण कार्यान्वयनमा ट्राफिक प्रहरी उदासिन देखिएको र समस्या झन थपिएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार