Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दुई डीआईजीको काज सरुवा : विशेष ब्यूरोमा जोशी, ट्राफिकमा पोषराज

    दुई डीआईजीको काज सरुवा : विशेष ब्यूरोमा जोशी, ट्राफिकमा पोषराज

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 13.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका दुई जना डीआईजीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले डीआईजी पोषराज पोखरेल र रामदत्त जोशीलाई काजमा खटाउने निर्णय गरेको हो ।

    सरुवा सूचीअनुसार डीआईजी जोशी विशेष ब्यूरोमा काज सरुवा भएका छन् । ब्यूरोमा कार्यरत सुदीप गिरी एआईजीमा बढुवा भएपछि ब्यूरो रिक्त रहेको थियो ।



    जोशी यसअघि योजना तथा अन्वेषण निर्देशनालयमा कार्यरत थिए । यस्तै प्रहरीको केन्द्रीय प्रवक्ता समेत रहेका डीआईजी पोषराज पोखरेललाई उपत्यका ट्राफिक कार्यालयमा सरुवा गरिएको छ ।



    त्यहाँ कार्यरत मिरा चौधरी एआईजीमा बढुवा भएपछि ट्राफिक कार्यालय प्रमुखबिहिन बनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार