Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • त्रिशूली नदीमा बस दुर्घटना : ८ जनाको मृत्यु, १५ को उद्धार [अपडेट]

    त्रिशूली नदीमा बस दुर्घटना : ८ जनाको मृत्यु, १५ को उद्धार [अपडेट]

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 1.1K
    SHARES

    मलेखु । काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ ।

    काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको हो ।



    जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १५ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको छ । घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ ।



    गजुरी अस्पतालमा उचार सम्भव नभएका ५ जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । यस्तै धादिङ प्रहरीका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । उद्धार जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार