Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • जापान अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि धनगढीमा खुल्यो ‘फरबिड’

    जापान अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि धनगढीमा खुल्यो ‘फरबिड’

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 4.7K
    SHARES

    कैलाली । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा फरविड एजुकेसन सञ्चालनमा आएको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको फरविडको शाखा धनगढीको टिसीएन चोकमा सञ्चालनमा आएको हो ।

    साइनो एजुकेशनको माथिल्लो तलामा खुलेको फरविडको आज एक कार्यक्रमका बीच अर्थशास्त्री शिवहरी मुडभरीले गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै उनले विदेश जाने विद्यार्थीहरु ठगिने क्रियाकलाप बढेको र फरविड धनगढीले विद्यार्थीलाई सहज तरिकाले अध्ययनका लागि पठाउने विश्वास लिए ।



    यस्तै साइनो एजुकेसन तथा फरविड धनगढीका सञ्चालक रोहित चन्दले फरविडले विशुद्ध पढाइको लागि मात्र काम गर्ने बताएका छन् ।



    उनले विश्वको राम्रो एजुकेशन प्रणाली भएको देशमा नेपाली विद्यार्थीलाई पठाएर त्यहाँ सिकेर भोलिका दिनमा नेपालमै योगदान गरुन् भन्ने चाहाना फरविडको रहेको बताए । उनले फरविडमा शिक्षा बाहेक म्यानपावर लगायतका गतिविधि नहुने स्पष्ट पारे ।

    यस्तै सञ्चालक चन्दका अनुसार जापान अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि अहिले पढाई सञ्चालनमा रहेको छ भने अबको एक हप्ताभित्र क्यानडा र अष्ट्रेलिया पढ्न जाने विद्यार्थीका लागि पनि कक्षा सञ्चालनमा आउने छन् । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार