Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ग्रीन क्लिन धनगढीको अभियानमा साइनोको साथ, १० वटा विद्यालयलाई सहयोग गर्दै ‘डस्टबिन’

    ग्रीन क्लिन धनगढीको अभियानमा साइनोको साथ, १० वटा विद्यालयलाई सहयोग गर्दै ‘डस्टबिन’

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 3.7K
    SHARES

    कैलाली । ग्रीन क्लिन धनगढीले सञ्चालन गरेको ‘एक विद्यालय, एक इको क्लब’ अभियानमा साइनो एजुकेसन प्रा.लिले साथ दिएको छ । सफा, स्वच्छ, सुन्दर धनगढी बनाउन साइनो एजुकेसनले ग्रीन क्लिन धनगढीको अभियानमा साथ दिएको हो ।

    आइतबार ग्रीन क्लिन धनगढी र साइनो एजुकेसनबीच १० वटा सामुदायिक विद्यालयहरूमा रहेका ग्रीन क्लिन धनगढी विद्यालय क्लबहरूलाई दुई/दुई वटा डस्टबिन उपलब्ध गराउने सम्झौता भएको छ ।



    सोहीअनुसार अबको एक हप्ताभित्र साइनो एजुकेसनले १० वटा १० वटा सामुदायिक विद्यालय डस्टबिन सहयोग गर्नेछ ।



    साइनो एजुकेसनका अध्यक्ष रोहित चन्दले सफा, स्वच्छ, सुन्दर धनगढी बनाउन ग्रीन क्लिन धनगढीको अभियान र हाम्रो धनगढी हामी बनाउँछौँ अभियानलाई साथ दिएको जानकारी दिए । उनले आज पहिलो दिन शिव मावि, जाखौर ताललाई दुई वटा डस्टबिन हस्तान्तरण गरेको बताए ।

    अब यो हप्ताभित्रै बाँकी रहेका ९ वटा विद्यालयहरूलाई पनि दुई दुई वटा डस्टबिन हस्तान्तरण गर्ने अध्यक्ष चन्दको भनाई छ । स्थापना भएको छिटो समयमै साइनो एजुकेसन सामाजिक उत्तरदायित्व वहन गर्न थालेको छ ।

    सामाजिक उत्तरदायित्व सम्झेर ग्रीन क्लिन धनगढीको अभियानलाई साथ दिँदै विद्यालयहरूलाई डस्टबिन सहयोग गरेको साइनो एजुकेसनका अध्यक्ष चन्दले बताए । साइनो एजुकेसन सहयोग गरेका उक्त दुई वटा डस्टबिनहरुमध्ये एउटामा कुहिने र अर्कोमा नकुहिने फोहोर छुट्याउनु पर्नेछ ।

    गत फागुन ६ गते धनगढीस्थित हसनपुरमा सञ्चालनमा आएको साइनो एजुकेसन प्रालिमा विभिन्न कक्षाका अतिरिक्त कक्षा, कन्सल्टेन्सी, लोकसेवा, शिक्षक सेवा, ब्रिज कोर्स, कोरियन भाषा, जापनिज भाषा तथा अन्य कक्षाहरू पढाई हुँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार