Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ‘प्रहरीको सई हुँ’ भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल्न खोज्ने समातिए

    ‘प्रहरीको सई हुँ’ भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल्न खोज्ने समातिए

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 2.2K
    SHARES

    सिरहा । सिरहामा प्रहरीको सई हुँ’ भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल गर्न खोज्ने एकजना पक्राउ परेका छन् ।

    सिरहाको नेपाल भारत सीमाक्षेत्र बडियारपट्टी गाउँपालिका ३ मा व्यवसायीलाई प्रहरी हुँ भन्दै धम्क्याइरहेको अवस्थामा उनलाई सशस्त्र प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा सिरहाकै लक्ष्मीपुरपतारी गाउँ पालिका १ का मुकुन्द कुमार साह रहेको प्रहरीले जनाएको छ ।



    भारतबाट नेपाल तर्फ आइरहेका लक्ष्मीपुरपतारी २ का मुकेश यादव र सखुवानन्कारकट्टी गाउँपालिका १ का सदन नारायण दासलाई उनले नक्कली पेस्तोल देखाउँदै ‘नेपाल प्रहरीको सई हु’ भन्दै धम्क्याई रहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

    पक्राउ परेका साहलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार