Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नक्कली पेस्तोल देखाएर धम्काएको आरोपमा साजन पक्राउ

    नक्कली पेस्तोल देखाएर धम्काएको आरोपमा साजन पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 1.3K
    SHARES

    मकवानपुर । मकवानपुरमा नक्कली पेस्तोल देखाएर धम्काएको आरोपमा एकजना पक्राउ परेका छन् ।

    जिल्लाको हेटौंडा उपमहानगरपालिका-१५ स्थित शिखरपानीबाट १९ वर्षीय साजन स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको हो ।



    उनले आफू बसोबास गर्दै आएको शिखरपानी भन्ने स्थान वरिपरि प्लास्टिकको नक्कली पेस्तोल देखाई धम्काउने गर्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    पक्राउ परेका स्याङतानलाई बिहीबारबाट लागू हुनेगरी ७ दिनको म्याद थपगरी प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार