Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कार्यालय भवन बनाउन कार्यकर्तासँग पैसा उठाउँदै एमाले

    कार्यालय भवन बनाउन कार्यकर्तासँग पैसा उठाउँदै एमाले

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 651
    SHARES

    काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशले पार्टी कार्यालय बनाउन पार्टी कार्यकर्तासँग रकम उठाउने भएको छ । बिहीबार बसेको गण्डकी प्रदेश भवन निर्माण कमिटीको पहिलो बैठकले कार्यकर्ताबाट पाँच–पाँच सय रुपैयाँ उठाएर पार्टी कार्यालय भवन बनाउने योजना तय गरेको हो ।

    पार्टी कार्याकर्ताबाट २५ करोड रुपैयाँ संकलन गरेर प्रदेश कार्यालय भवन बनाउने योजना तय भएको गण्डकी प्रदेश इन्चार्ज तथा सचिव गोकर्ण विष्टले जानकारी दिए। विष्टले भने–‘प्रत्येक पार्टी सदस्यबाट पाँच–पाँच सय रुपैयाँ उठाउने निर्णय भएको छ ।’ सक्नेहरूलाई मुठी फुकाएर सहयोग गर्न आह्वान गरिएको पनि उनले बताए ।



    सभा हल, पार्टी र जनसंगठनको कार्यालयसमेत रहने अत्याधुनिक भवन बनाइने योजना एमाले गण्डकीले बनाएको छ । गण्डकी प्रदेश कमिटीले ४५ सदस्यीय सचिवालय गठन गर्ने र अर्को बैठकले जिल्लागत जिम्मेवारी तोक्ने पनि बताइएको छ। एमालेले असोज १५ र १६ गते प्रदेश अधिवेशनको पनि तयारी गरेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार