Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै , एमालेलाई अडियो काण्डले धक्का

    पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै , एमालेलाई अडियो काण्डले धक्का

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनको अग्रता कायमै रहेको छ ।

    गठबन्धनबाट मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ८ हजार ५ सय ६३ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका कृष्णबहादुर थापाले ७ हजार २ सय ७८ मत प्राप्त गरेका छन्।



    यसैगरी उपमेयरमा गठबन्धनबाटै नेपाली कांग्रेसका कोपिला रानाभाट ८ हजार ८ सय ७६ मतसहित अघि छन् । एमालेका मञ्जुदेवी गुरुङले ८ हजार २ ७१ मतसहित दोस्रो स्थानमा छिन्।



    नेकपा एमालेबाट पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका कृष्णबहादुर थापालाई हराउन राजिब पहारीलगायतका नेताहरु लागेको अडियो नै सार्वजनिक भएको थियो।  गण्डकी प्रदेशमा एमालेभित्र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको समूह छ । एमालेबाट पोखराको मेयर उम्मेदवार थापा खगराज समूहका हुन् ।

    उनलाई मेयरमा हराउन गठबन्धनका धनराज आचार्यलाई पृथ्वीसुब्बा समूहका नेता-कार्यकर्ता लागेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार