Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार्नुपर्छ : माधव नेपाल

    एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार्नुपर्छ : माधव नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 966
    SHARES

    सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार्नुपर्ने बताएका छन् ।

    समाजवादी मोर्चा, कर्णाली प्रदेश समितिको घोषणालाई बिहीवार सुर्खेतमा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    अध्यक्ष नेपालले एमसीसी सम्बन्धमा नेपालको प्रतिनिधिसभाले गरेको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार्नुपर्ने बताए। एमसीसी कुनै सुरक्षा गठबन्धनको अंग हुन नहुने पनि अध्यक्ष नेपालको भनाई छ ।



    अध्यक्ष नेपालले भने,‘राष्ट्रियताको कुरा उठेको छ, सिमाना र नक्साका कुरा छन् । हामी असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध हुन्छौं । मित्रताको नाममा कसैको हुकुम निर्देशन स्वीकार्न सक्दैनौं । नेपालको भूमिलाई छिमेकीको विरुद्धमा गर्दैन, नेपालको संविधानभन्दा माथि अरू लागू हुन सक्दैन । एमसीसीले सकारात्मक लिनुपर्छ, एमसीसी कुनै सुरक्षासँग जोडिनु हुँदैन, इन्डो प्यासिफिक स्ट्राटेजीसँग जोडिन हुँदैन ।’

    समाजवादी मोर्चा, कर्णाली प्रदेश समितिको घोषणालाई बिहीवार सुर्खेतमा सम्बोधन गर्दै नेता नेपालले एमसीसी सम्बन्धका १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले सकारात्मक लिनुपर्ने बताए।

    अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी हिजोदेखि कार्यान्वयनमा गएको छ । तर, प्रतिनिधिसभाबाट पारित व्याख्यात्मक घोषणालाई अमेरिकाले मान्यता दिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार