Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नगर प्रहरीलाई मेयर बालेनको निर्देशन – बुद्धि, विवेक पुर्‍याएर काम गर्नू

    नगर प्रहरीलाई मेयर बालेनको निर्देशन – बुद्धि, विवेक पुर्‍याएर काम गर्नू

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिएका छन् । बिहीबार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

    नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल सहभागी कार्यक्रममा उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि नगर प्रहरीजस्तै विना दबाब काम गर्न सक्नुपर्ने बताए । नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल सहभागी कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।



    उनले नगर प्रहरी जस्तै विना राजनीतिक दबाब काम गरे शहरमा सुशासन कायम हुने बताए । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको प्रशंसा गर्दै मेयर बालेनले बुद्धि–विवेक, इमान्दारिता र हिम्मत तीनवटै गुण राखेर काम गरेको बताए । उनले संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर काम गर्न पनि आग्रह गरे ।



    यस्तै मेयर बालेनले महानगरपालिकाले १५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको दाबी गरेका छन् । सुशासनको क्रममा अवैधानिक व्यापार र अवैध संरचनाहरू हटाएर देशमा सुशासन ल्याउनलाई एउटा सिम्बोलको रुपमा नगरप्रहरीले काठमाडौंबाट सुरु गरेर देशभरि उक्त अभियान चलाउन सफल भएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार