Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • महाभूकम्पयता तातोपानी नाका पहिलो पटक मानिस आउजाउका लागि खुल्दै

    महाभूकम्पयता तातोपानी नाका पहिलो पटक मानिस आउजाउका लागि खुल्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    सिन्धुपाल्चोक । चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजदेखि खुल्ने भएको हो ।

    गत मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।



    विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिना अघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।



    प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुला गरिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार