Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • तातोपानी नाका शुक्रबारबाट मानव आवतजावतका लागि खुल्ने

    तातोपानी नाका शुक्रबारबाट मानव आवतजावतका लागि खुल्ने

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रवारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रवारदेखि खुल्ने भएको हो ।

    गत मङ्गलवार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको बताइएको छ ।



    विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो । यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रवारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको हो ।



    सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् । मानव आवतजावतका लागि ८ वर्ष पछि नाका खुला हुन लागेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार