Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पाथीभरा मन्दिरमा तीन करोड १९ लाख भेटी संकलन

    पाथीभरा मन्दिरमा तीन करोड १९ लाख भेटी संकलन

    अनलाइन नेपाल
  • मंगलबार, १९ भाद्र २०८०
  • 1.6K
    SHARES

    ताप्लेजुङ । पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा तीन करोड १९ लाख १६ हजार आठ सय रुपैयाँ भेटी संकलन भएको हो ।

    नोट पैसा दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट आठ लाख १५ हजार छ सय, दाताले बैंकमा जम्मा गरिदिएको १४ लाख ५४ हजार चार सय तीन र भेटीवापतको भारु रु १० लाख ८४ हजार तीन सय संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।



    समितिका कायकारी निर्देशक मनमणि काफ्लेका अनुसार अघिल्लो आर्थिक वर्षमा भने दुई करोड १४ लाख भेटी संकलन भएको थियो । उनले समितिको कोषमा सात करोड ८८ लाख १० हजार दुई सय पाँच जम्मा रहेको बताए । पाथीभरामा चढाइएको सुनचाँदी भने अलग्गै छ । यसलाई तौल गर्ने, गाल्ने र बिक्री गर्ने छुट्टै समिति बनाइएको समितिका सदस्य पृथ्वी पालुङ्वा जानकारी दिए ।



    भेटीबाट संकलित रकमले करार र ज्यालादारीमा कर्मचारी व्यवस्थापन, फोहोर व्यवस्थापन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि खाना, खाजा बन्दोबस्ती गर्ने र समस्या पर्नेलाई उद्धारलगायत काम हुने गरेको क्षेत्र विकास समितिले जनाएको छ ।

    समितिले संकलित रकमबाट चालु आवमा माथिल्लो फेदीबाट मन्दिरसम्म फाइबरको ट्रस लगाउने र मन्दिर परिसरमा खानेपानी ट्यांकी बनाउने निर्णय पनि गरेको छ । सममितिका अनुसार पाथीभरामा ४७ देशको मुद्रा संकलन भएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार