Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • देउवाका तर्फबाट सभापतिको उम्मेदवार म बन्न सक्छु : शशांक कोइराला

    देउवाका तर्फबाट सभापतिको उम्मेदवार म बन्न सक्छु : शशांक कोइराला

    अनलाइन नेपाल
  • बुधबार, २० भाद्र २०८०
  • 1.3K
    SHARES

    चितवन । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट आफू उम्मेदवार बन्न सक्ने बताएका छन् ।

    भरतपुर विमानस्थलमा बुधबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन् ।



    पार्टीका साथीहरुसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने नेता कोइरालाले बताए ।



    तर यस विषयमा आफूलाई सभापति देउवाले भने केही नभनेको उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार