Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • शरद ऋतुमा हिमाल आरोहणका लागि २८४ जनाले अनुमति लिए

    शरद ऋतुमा हिमाल आरोहणका लागि २८४ जनाले अनुमति लिए

    अनलाइन नेपाल
  • शनिबार, २३ भाद्र २०८०
  • 684
    SHARES

    काठमाडौँ । यस वर्षको शरद ऋतु (असोज/कात्तिक) मा हिमाल आरोहणका लागि २८४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अनुमति लिएकामध्ये ४४ मुलुकका ६० जना महिला र २२४ जना पुरुष छन् ।

    यस वर्ष सबैभन्दा धेरै २३ समूहले आठ हजार १६३ मिटर उचाइको मनासलु आरोहणका लागि अनुमति लिएका छन् । जसमध्ये ६० जना महिला र २२४ जना पुरुषले अनुमति लिएको विभागले जनाएको छ ।



    यो शुक्रबारसम्मको तथ्याङ्क हो । मनासलु हिमाल आरोहणका लागि सबैभन्दा आकर्षक समय शरद ऋतुलाई मानिन्छ ।



    यस वर्ष मनासलु हिमाल आरोहणका लागि डोरी टाँग्ने (रोप फिक्सिङ) को जिम्मा इम्याजिन नेपालले लिएको छ । इम्याजिन नेपालका प्रबन्धक दावाफुटी शेर्पाले आरोहणका लागि बाटो तयार पार्न दक्ष कामदारको टोली मनासलुको आधार शिविर पुगेर काम सुरु गरिसकेको बताए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार