Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपाली युवा पाण्डेले युरोपकै सर्वोच्च शिखरमा फहराए नेपालको झण्डा

    नेपाली युवा पाण्डेले युरोपकै सर्वोच्च शिखरमा फहराए नेपालको झण्डा

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असार २०८०
  • 897
    SHARES

    काठमाडौं । नेपाली युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गरेका छन् ।

    रामेछापका पाण्डेले यही जुन २८ र २९ तारिखमा रुसमा रहेको युरोपको सबैभन्दा अग्लो चुचुरो एलब्रस हिमालको दुईपटक सफल आरोहण गरेका हुन ।



    सातै महादेशका उच्च हिमशिखरहरुको आरोहण गरी सेभेन समिट पूरा गर्नेमा नयाँ किर्तिमान कायम गर्ने अभियानमा रहेका पाण्डे जुन २१ तारिखमा रुसतर्फ प्रस्थान गरेका थिए ।



    चतुर ट्रेक तथा एक्सपिडिसनले आयोजना गरेको यो अभियानमा पाण्डेको गाइड आरोही चतुर तामाङ रहेका थिए । पाण्डेले एलब्रसको शिखरमा चन्द्र सूर्य अंकित नेपाली झण्डा फहराउनुका साथै, नेपाल स्काउट तथा अन्य संघसंस्थाको झण्डा समेत फहराएका थिए ।

    नेपाली युवा आरोही पाण्डेले सगरमाथा सहित मनास्लु, आमादब्लम र आइल्याण्ड पिक हिमालको समेत आरोहण गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार