Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कञ्चनजङ्घा आरोहणमा गएका भारतीय नागरिकको निधन

    कञ्चनजङ्घा आरोहणमा गएका भारतीय नागरिकको निधन

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 1.1K
    SHARES

    ताप्लेजुङ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको निधन भएको छ ।

    आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा ५२ वर्षीय नारायणन अयरको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    प्रहरीका अनुसार मृतक आठ हजार ५८६ मिटरको उचाइमा रहेको कञ्चनजङ्घा हिमाल आरोहणका लागि पायोनिर एड्भान्चर प्रालिबाट गएका थिए ।



    मृतकको शव उद्धारका लागि टोली परिचालन गरिएको पायोनिर एड्भान्चर प्रालिका कार्यकारी निर्देशक निभेश कार्कीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार