Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • शिक्षकले राजनीतिक गर्न नपाउने, सदस्यता लिने र भोट माग्ने शिक्षकलाई हटाइने

    शिक्षकले राजनीतिक गर्न नपाउने, सदस्यता लिने र भोट माग्ने शिक्षकलाई हटाइने

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 3.7K
    SHARES

    काठमाडौं । शिक्षकले राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने भएको छ । सरकारले संसदमा दर्ता गराएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा यस्तो व्यवस्था गरिएको हो ।

    शिक्षकले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्यता लिन, राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था गरिएको छ ।



    शिक्षकले राजनीति दलका लागि भोट भाग्नसमेत नपाइने व्यवस्था विधेयकमा छ। ‘राजनीतिक पदको लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत वा चन्दा माग्न वा कुनै प्रकारको राजनीतिक क्रियाकलापमा संलग्न हुन पाइने छैन। तर आफूले पाएको मतदानको अधिकार प्रयोग गर्न सक्ने व्यवस्था यस दफामा गरिएको छ,’ विधेयकमा भनिएको छ ।



    यदि यस्तो काम गरेमा त्यस्ता शिक्षकलाई सेवाबाट हटाइने प्रावधान विधेयकमा राखिएको छ। तर प्रचार नगरी मताधिकारको उपयोग गर्न भने पाइनेछ।

    यसैगरी तीनै तहका सरकारबीचको पारस्परिक सम्बन्ध विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पुग्नेगरी लेख प्रकाशन गर्न, रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाइने बताइएको छ। शैक्षिक बहस र अनुसन्धानसम्बन्धी लेख प्रकाशन गर्न भने बाधा नपुग्ने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार