Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कश्मिरमा आतंककारी हमला : कर्णेलसहित तीन सैनिक मारिए

    कश्मिरमा आतंककारी हमला : कर्णेलसहित तीन सैनिक मारिए

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 870
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको कश्मिरमा आतंककारी आक्रमणमा भारतीय सेनाका एक कर्णेलसहित तीन जना सुरक्षाकर्मी मारिएका छन् ।

    कम्मिरको अनन्तनाग जिल्लाको कोकरनाग भन्ने स्थानमा बुधबार भएको आक्रमणमा सेनाका एक कर्णेल र एक जना मेजर तथा प्रहरीका एक जना डीएसपी मारिएका हुन ।



    मारिनेहरुमा कर्णेल मनप्रित सिंह, मेजर आशषि र जम्मु कश्मिर प्रहरीका डीएसपी हुमायुँ भट्ट रहेका छन् । आतंककारीहरुले उनीहरु चढेको गाडीमा अचनाक हमला गरेपछि भएको गोली हानाहानमा उनीहरु मारिएका छन् ।



    लस्कर ए तोइबा नामक मुश्लिम आतंककवादी संगठनले आक्रमणको जिम्मा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार