Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मुम्बई विमानस्थलबाट २ किलो सुन बरामद

    मुम्बई विमानस्थलबाट २ किलो सुन बरामद

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 1.5K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको मुम्बई विमानस्थलमा १ करोडभन्दा बढी मूल्यको २ किलो सुनको धुलो बरामद भएको भएको छ ।

    सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट सुनको धुलो बरामद भएको हो।



    एक दम्पतीले आफ्ना भित्री वस्त्रमा र उनीहरूको तीन वर्षको बच्चाको डाइपरमा लुकाइएको सुनको धुलो बारमद भएको हो ।



    बरामद सुनको धुलो २४ क्यारेटको छ । आज अपरान्ह उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

    यसअघि केरलाको कोचीन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार अधिकारीहरूले सात सय ग्राम सुन मलद्वारमा लेप बनाएर आएका एक यात्रीलाई पक्राउ गरेको थियो । बरामद सुनको मूल्य रु ४० लाख पर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार