Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • निष्ठा छाडेर बीपीको विचारलाई पूजा गर्नु उनीमाथिकै अन्याय : महामन्त्री थापा

    निष्ठा छाडेर बीपीको विचारलाई पूजा गर्नु उनीमाथिकै अन्याय : महामन्त्री थापा

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बीपीको कोइरालाको विचारलाई मूर्ति झैँ पूजा गर्ने कुरा बीपीमाथिको ठुलो अन्याय भएको बताएका छन् ।

    बीपी कोइरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले बीपीलाई महामानव भन्दै गर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचारहरू ओझेलमा परेको बताएका हुन् ।



    महामन्त्री थापाले बीपीलाई महामानव भन्दै गर्दा महामानवको आवरणभित्र गुम्सिएका महाविचारहरु ओझेलमा परेको बताए ।



    उनले ‘महामानव’ भनेर बीपीको विचारमा छलफल नै गर्न नहुने, बीपीको विचारलाई मूर्ति पूजा गरे जस्तो पूजा गर्ने कुरा बीपीमाथिको ठूलो अन्याय हुने बताएका थिए ।

    बीपीले आफूलाई मानव झैं व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गरेको पनि महामन्त्री थापाले स्मरण गराए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार