Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • १०३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न औषधि व्यवस्था विभागको निर्देशन

    १०३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न औषधि व्यवस्था विभागको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 3.5K
    SHARES

    काठमाडौं । औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टीबायोटिक औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ।

    औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एन्टीबायोटिकको प्रयोगलाई न्यूनिकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएका हुन् ।



    विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले पनि ती औषधिको प्रयोगका लागि सिफारिस गरेको छैन । उनले ती औषधीको प्रयोग गर्नुको कुनै औचित्य नभएको समेत दाबी गरेका छन् ।



    विभागले त्यस्ता प्रतिजैविक प्रतिरोधको विश्वव्यापी कार्ययोजनासँग मेल खाने गरी एक स्वास्थ्य अवधारणा अनुरुप प्रतिजैविक प्रतिरोधबाट हुने विरामी दर, मृत्यु दर र आर्थिक असरलाई प्रभावकारी रूपले कम गर्न राष्ट्रिय कार्ययोजना तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको जनाएको छ।

    महानिर्देशक ढकालले एन्टीबायोटिक प्रतिरोधलाई न्यूनिकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्य हासिल गर्न औषधि सल्लाहकार समितिको सफारिसमा ती औषधिको दर्ता, नवीकरण र पैठारी र प्रयोग नगर्न निर्देशन दिएको बताए ।

    उनका अनुसार यसअघि पैठारी तथा उत्पादनका लागि अनुमति दिएका औषधिको समिश्रणलाई बजारबाट ६ महिना भित्रमा हटाइसक्नुपर्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार