Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द, लाखौं विद्यार्थीको पठनपाठन प्रभावित

    आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द, लाखौं विद्यार्थीको पठनपाठन प्रभावित

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 966
    SHARES

    काठमाडौं । शिक्षकहरूको आन्दोलनले आजदेखि देशभरका विद्यार्थीको पठनपाठन प्रभावित हुने भएको छ ।

    विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो।



    ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ को विरोधमा बुधबारदेखि शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका छन् । ७७ वटै जिल्लाका सामुदायिक विद्यालयबाट हजारौँ शिक्षक काठमाडौं आइपुगेका छन् ।



    नेपाल शिक्षक महासंघले आन्दोलनको नेतृत्व गरेको छ । बुधबार काठमाडौंको माइतीघर हुँदै संसद् भवन नयाँ बानेश्वर पुगेर फर्किएको शिक्षकको र्‍याली माइतीघरमा नै फर्किएर कोण सभामा परिणत भएको थियो ।

    हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो। आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार