Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्धारा शपथ ग्रहण

    राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्धारा शपथ ग्रहण

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    नवनियुक्त राजदूतहरुले बुधबार राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।



    शपथ ग्रहण गर्नेमा फ्रान्सका लागि सुधिर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्र, कुवेतका लागि घनश्याम लम्साल र स्वीट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी रहेका छन् ।



    मन्त्रिपरिषदबाट राजदूत सिफारिस भएका उनीहरु संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त भएका थिए ।

    अब उनीहरु आआफूलाई तोकिएको देशमा जिम्मेवारी सम्हाल्न जानेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार