Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कक्षा १० को परीक्षा चैत र १२ को वैशाखमा

    कक्षा १० को परीक्षा चैत र १२ को वैशाखमा

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैतको पहिलो र १२ को वैशाखको दोस्रो साता गर्ने गरी वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

    बोर्डले उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न क्यालेन्डर सार्वजनिक गरेको हो । सो क्यालेन्डर यो वर्षबाट लागू भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए ।



    बोर्डका अध्यक्ष डा. शर्माले यो वर्षको कक्षा १० र १२ को परीक्षा कहिले हुने भन्ने विषयमा कौतूहतला हटाउन क्यालेन्डर सार्वजनिक गरेको जानकारी दिए। उनका अनुसार कक्षा १० को प्रश्नपत्र छपाइबाहेक सबै अधिकार प्रदेश सरकारलाई दिने गरी क्यालेन्डर तयार गरेको हो ।



    बोर्डले चैत मसान्तसम्म प्राप्ताङ्क इन्ट्री र रुजु गर्ने, जेठभित्र उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण सञ्चालन गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ ।

    अध्यक्ष शर्माले कक्षा १० को वार्षिक परीक्षाको नतिजा असार दोस्रो साताभित्र गर्ने तालिका बनाएको जानकारी दिए । गत वर्षको एसईईको परीक्षाफल असार अन्तिम साता भएको थियो । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार