Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • वाणिज्य विभागले गर्‍यो २१ पसलमा अनुगमन, ३ लाख ५ हजार जरिवाना

    वाणिज्य विभागले गर्‍यो २१ पसलमा अनुगमन, ३ लाख ५ हजार जरिवाना

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 495
    SHARES

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्दा ८ वटा पसलमाथि कारबाही गरेको छ ।

    कारबाहीस्वरुप ती पसलहरूलाई ३ लाख ५ हजार रुपैयाँ बराबरको जरिवाना गरिएको छ । यस्तै २ वटा पसलसँग थप कागजात माग गरिएको छ भने ११ वटा पसललाई सामान्य निर्देशन दिइएको छ ।



    आसन्न चाडपर्वमा खाद्य र गैर खाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने केही व्यवसायी फर्म, कम्पनी, व्यक्तिको कारोबार स्थल, उत्पादन स्थल र गोदाम स्थलमा निगरानी तथा अनुगमनका लागि परिचालित बजार निरीक्षण अधिकृतहरूले २१ वटा पसलमा अनुगमन सो मात्रामा कारबाहीमा परेका हुन् ।



    बजार अनुगमनका क्रममा बौद्धको खाद्य सामग्री पसलमा मूल्य सूची, दर्ता प्रमाणपत्र नराखेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । यता भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा पनि मूल्य सूची नराखेको, दर्ता प्रमाणपत्र नराखेको र अनुगमन गर्न सहयोग नगरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

    मध्यपुर ठिमीकै अर्को पसलमा रिलेबलिङ गरेको, परिणाम, मूल्य र नापतौलमा हेरफेर गरेका कारण २० हजार जरिवाना गरिएको छ । मध्यपुर ठिमीको एक फलफूल पसल र ललितपुरको चाकुपाटमा रहेको खाद्यवस्तु पसलमा अनुगमनका लागि असहयोग गरेका कारण पाँच पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ ।

    चाकुपाटकै अर्को खाद्यवस्तु पसलमा खरिद बिल बिजक नराखेको कारण २० हजार जरिवाना गरिएको छ । कुपन्डोलमा पनि बिलबिजक नराखिएको एक पसललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

    त्यस्तै,कपन र थापा गाउँमा गरिएको बजार अनुगमनका क्रममा दुई पसलसँग थप कागजात मागिएको विभागले जनाएको छ । पेप्सिकोला, मध्यपुर ठिमी, चाकुपाट लगायतका अन्य स्थानमा बजार अनुगमनका क्रममा पसलहरूलाई सामान्य निर्देशन दिइएको छ ।

    दसैँ तिहार जस्ता चाडपर्वका बेला कृत्रिम अभाव, कालोबजारी र मूल्य नियन्त्रण रोक्नका लागि सार्वजनिक बिदाका दिनमा समेत विभागले बजार अनुगमनको कामलाई तीव्रता दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार