Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • गुणस्तरहीन खाना बेचेको आरोपमा तीन होटललाई ९ लाख जरिवाना

    गुणस्तरहीन खाना बेचेको आरोपमा तीन होटललाई ९ लाख जरिवाना

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 255
    SHARES

    काठमाडौं । गुणस्तरहीन खाना बिक्री वितरण गर्ने ३ होटल तथा रेस्टुरेन्टलाई ९ लाख रुपैयाँ जरिवाना तिराइएको छ ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ वटा होटल तथा रेस्टुरेन्टलाई जरिवाना गरेको हो।



    विभागले ठमेल, सुन्धारा र लाजिम्पाटका होटल र रेस्टुरेन्टलाई कारबाही गरेको जनाएको छ ।



    नियमित अनुगमनका क्रममा कैफियत भेटिएपछि ठमेलको होटललाई ३ लाख जरिवाना गरेको छ ।

    यस्तै, सो होटलले रिलेबलिङ गरेको वा गुणस्तरहीन वस्तुको मूल्य हेरफेर गरेको पाइएको थियो ।

    यसक्रममा ९ हजार २०९ रुपैयाँ बराबरको म्याद गुज्रेको खाद्यवस्तुको नष्ट समेत गरिएको छ ।

    यस्तै, सुन्धराको होटलले समेत रिलेबलिङ गरेको पाइएपछि ३ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।

    यसबाहेक, लाजिम्पाटको होटलले समेत रिलेबलिङ गरेको वस्तु बिक्री वितरण गरेको पाइएपछि ३ लाख रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार