Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नयाँ नोट आजदेखि पाइने, कहाँ जाने साट्न ?

    नयाँ नोट आजदेखि पाइने, कहाँ जाने साट्न ?

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँका लागि आजदेखि नयाँ नोट सटही सुविधा दिँदैछ । नजिकिँदै गरेका दशैँ, तिहार र छठ लक्षित गरि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो ।

    काठमाडौं उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्न सकिनेछ ।



    यस्तै, काठमाण्डौ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।



    राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था छ ।

    एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार