Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

    प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 531
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशन गएराति १२ बजेदेखि अन्त्य भएको छ ।

    बिहीबारको बैठकमा सोसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले नेपालको संविधानअनुसार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन स्वतः सकिने जानकारी गराएका थिए ।



    सोही अनुसार चालु अधिवेशन गएराति १२ बजेदेखि समाप्त भएको हो । बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीले टेबल गरेका थिए ।



    यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘राष्ट्रिय दलित आयोगको दोस्रो र तेस्रो वार्षिक प्रतिवेदन पेस गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार