Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सवारी दुर्घटनामा परी एकै परिवारका पाँच जनाको मृत्यु

    सवारी दुर्घटनामा परी एकै परिवारका पाँच जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा २ वर्षीय धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवार रहेका छन् ।



    कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने स्थानमा सडक दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो।



    शुक्रबार उनीहरू चढेको मोटरसाइकललाई पछाडिबाट आएको मालबाहक ट्रकले ठक्कर दिएको थियो ।

    उनीहरू सिजनमा परिवार नै रोजगारीका लागि भारत जाने गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार