Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • माधव नेपाल भन्छन् – वर्तमान राजनीतिक व्यवस्था जोगाउन एकता र सहकार्य आवश्यक

    माधव नेपाल भन्छन् – वर्तमान राजनीतिक व्यवस्था जोगाउन एकता र सहकार्य आवश्यक

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 363
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान राजनीतिक व्यवस्था जोगाउनका लागि पार्टीहरूका बीचमा एकता र आपसी सहकार्यको आवश्यकता रहेको टिप्पणी गरेका छन् ।

    मंगलबार सर्वदलीय बैठकमा सहभागी भएर निस्किने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो टिप्पणी गरेका हुन् ।



    अध्यक्ष नेपालले वर्तमान राजनीतिक व्यवस्थालाई जोगाउनका लागि पार्टीहरूका बीचमा आपसी सहकार्य र एकता आवश्यक रहेको बताए ।



    जनजीविकाको सवालमा पार्टीहरूले देश र जनताको हितलाई सर्वोपरी राखेर अगाडि बढ्नुपर्ने उनको उनले बताए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तनको आवश्यक नभएको उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार