Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नेकपा एमालेले मंसिरदेखि मध्यपहाडी विशेष अभियान चलाउने

    नेकपा एमालेले मंसिरदेखि मध्यपहाडी विशेष अभियान चलाउने

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 363
    SHARES

    काठमाडौं । नेकपा एमालेले आगामी मंसिरदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ ।

    केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले तीन हप्ता लामो लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।



    बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।



    उक्त अभियान डडेल्धुराको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुनेछ । अभियानको अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटबाट सुरुवात गर्नेछन् ।

    अभियानका लागि नेता कार्यकर्ता परिचालन गर्न आगामी मंसिर ६ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाउने निर्णय गरेको छ । अभियान अन्तर्गत जिल्ला, प्रदेश र केन्द्रको टोली खटिने छ ।

    अभियानअन्तर्गत विकासका समस्या पहिचान गर्दै सम्मृद्धिको आधार तयार गर्ने, बलियो राष्ट्रिय एकता निर्माण गर्ने, समाजमा बढेको निराशा चिर्ने उद्देश्य रहेको एमालेले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार