Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा एक वृद्धाको मृत्यु

    लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा एक वृद्धाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २७ कार्तिक २०८०
  • 678
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भक्तपुरमा लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा एक जना वृद्धाको मृत्यु भएको छ ।

    मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीकी ८३ वर्षीया साबित्रीदेवी दाहालको आफ्नै घरमा पूजा गर्ने क्रममा आगलागी भई मृत्यु भएको हो ।



    उनले तीन तले घरको दोस्रो तलामा लक्ष्मी पूजा गर्न दियो बालेकी थिइन्।



    अचानक दियोको बत्ती आफैंले लगाएको कपडामा सल्किएको ८५ वर्षीय श्रीमान् गुरूप्रसाद दाहालले पानी हाली निभाउने कोसिस गरेको थिए।

    तर आगो ननिभेपछि सावित्रादेवीको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले उनको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाएको छ ।

    घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार