Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अमेरिकी नौसेनाको विमान समुन्द्रमा डुब्यो

    अमेरिकी नौसेनाको विमान समुन्द्रमा डुब्यो

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 810
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकी नौसेनाको एउटा ठूलो विमान मरीन कोर्प्स बेस हवाईमा रनवे ओभरशुट गरेपछि कानोहे खाडीमा दुर्घटनाग्रस्त भएको छ ।

    विमानमा नौ जना सवार रहेको र सबैजना सकुशल किनारमा पुगे पनि विमान भने समुन्द्रमा डुबेको छ ।



    स्रोतका अनुसार घाइते सबैलाई सामान्य चोट लागेको छ । उनीहरू आफै पौडी खेलेर किनारमा पुगेका हुन् ।



    यूएस मरीन कोर्प्सका प्रवक्ता गनरी सार्जेन्ट ओर्लान्डो पेरेजले समाचार एजेन्सी एसोसिएटेड प्रेसलाई भने कि यो सैन्य निगरानीको लागि प्रयोग गरिएको टोही विमान हो। उक्त विमानको नाम बोइङ पी८ पोसाइडन हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार