Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मधेससँग सुदूरपश्चिम प्रदेश ८ विकेटले पराजित

    मधेससँग सुदूरपश्चिम प्रदेश ८ विकेटले पराजित

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 798
    SHARES

    पोखरा । केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सुदूरपश्चिम टीमलाई ८ विकेटले पराजित गरेको छ ।

    पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ५८ रनको सामान्य लक्ष्य पछ्याएको मधेसले ४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको हो ।



    मधेसका ओपनर अनिल शाहले २५ रनको विष्फोटक इनिङ खेले । ११ बल खेलेका शाहले ३ चौका र २ छक्का प्रहार गरे । इम्रान शेखले ९ बलमा १७ र पवन सराफले ५ बलमा अविजित १७ रन बनाए ।



    बलिङमा सुदुरपश्चिमका गजेन्द्र बोहराले २ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १५ ओभर ५ बलमा ५८ रनमै समेटिएको थियो । सुदूरपश्चिमलाई सस्तोमै समेट्न हरिशंकर शाहले ४ र रुपेश सिंहले ३ विकेट लिए ।

    विशाल पटेल, प्रदीप पासवान र विशाल सुश्लिङले १-१ विकेट लिए । सुदूरपश्चिमका नरेन शाउदले सर्वाधिक १८ रन बनाए । मधेसका बलरसामु सुदूरपश्चिमका ब्याटर क्रीजमा जम्न सकेनन् ।

    यो जितसँगै समूह सीमा मधेस प्रदेश र नेपाल पुलिस क्लबको २-२ अंक भएको छ । मधेससँग हारेको सुदूरपश्चिम अंकविहीन छ । मंगलबार हुने सुदूरपश्चिम र पुलिसबीचको खेलले सेमिफाइनलको टुंगो लाग्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार