Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सुन तस्करीको गिरोहसँग गाउँपालिका अध्यक्षको निकटता, सिआइबीद्वारा सोधपुछ

    सुन तस्करीको गिरोहसँग गाउँपालिका अध्यक्षको निकटता, सिआइबीद्वारा सोधपुछ

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 4.5K
    SHARES

    काठमाडौं । दोलखाको लामाबगर नाकाबाट सुन तस्करी गर्ने गिरोहसँग एक गाउँपालिका अध्यक्षको निकटता र आर्थिक कारोबार भेटिएको छ । गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको शंकास्पद कारोबार भेटिएको हो ।

    लामासँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोधपुछ समेत गरेको छ । तर, तस्करीमै मिलेमतोको बलियो प्रमाण नभेटिएपछि उनलाई मुद्दा चलाइएन । सिआइबी स्रोतका अनुसार तस्करीका नाइके आकर लामासँग उनको निकटता देखिएको हो । आकरसँग उनको आर्थिक कारोबार समेत भेटिएको छ ।



    लामो समय स्वयम्भू क्षेत्रमा उनीहरु एउटै घरमा समेत बस्दथे । गोरखाको चुमनुब्री चीनसँग नाका जोडिएको क्षेत्र भएकाले त्यहाँबाट पनि उनीहरुले सुन तस्करी गरेको आकलन गरिएको छ । तर, सुन तस्करीबारे भएको कारोबार तथा अन्य प्रमाण भेटिएको छैन ।



    अर्कोतर्फ निमा माओवादी केन्द्रका नेता हुन् । त्यसकारण दबाबका कारण पनि उनको कारोबारबारे विस्तृत छानबिन हुन नसकेको सिआइबीका एक अधिकारी बताउँछन् । सो समूहले ३३ किलो सुन तस्करी गरेको भन्दै सोहीअनुसार ३१ करोड ११ लाख ७० हजार चार सय ४६ रुपैयाँ बिगो दाबी कायम गरी आइतबार जिल्ला अधिकार दोलखामा मुद्दा दायर भइसकेको छ ।

    त्यस्तै, दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार पाँच सय ९३ युनिट युएसडिटी बराबरको क्रिप्टो कारोबार गरेको नेपाल राष्ट्र बैंक ऐनअनुसार पनि सजाय माग गरिएको छ । पक्राउ परेका १५ तथा १२ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको छ । चीनबाट दोलखाको लामाबगर नाका हुँदै पटक–पटक सुन तस्करी भएको र त्यसको भुक्तानी क्रिप्टोमार्फत भएको प्रहरीले दाबी छ ।

    यसरी सुन तस्करीको रकम क्रिप्टोमार्फत भुक्तानीमा संलग्न महिमा माझीलाई पनि प्रहरीले पक्राउ गरेको छ । ६ असोजमा दोलखाको उत्तरी नाका फलेकबाट तस्करी भई आएको ११ किलो ४५ तोला सुन प्रहरीले बरामद गरेको थियो । फलेक नाकाबाट सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके चिनियाँ नागरिक ६६ वर्षीय टासी दावा भनिने आगर लामा र गेङ राउ हुन् ।

    उनीहरूलाई सघाउने सनत प्रधान, लालबहादुर तामाङ, पेम्बा तामाङ, च्याङ्बा भनिने चसमान तामाङ, केसर तामाङ, माधव मगर, चेतनाथ न्यौपाने, नुर्बुछिरिङ शेर्पा र सुनमाला तामाङलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।

    तस्करीको सुन किन्ने काठमाडौंका सुन पसले दीपेन्द्र शाक्य र तिलक विक पनि प्रहरी हिरासतमै छन् । तस्करीमा सघाउने एक नाबालकलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार