Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सरकारलाई कांग्रेसले भन्यो – भूकम्प पीडितलाई एकमुष्ट ५० हजार दिनू

    सरकारलाई कांग्रेसले भन्यो – भूकम्प पीडितलाई एकमुष्ट ५० हजार दिनू

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 459
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले भूकम्पपीडितलाई अस्थायी आवसका लागि उपलब्ध गराउने ५० हजार रुपैयाँ तत्काल पीडितको हातमा पु¥याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

    सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले भूकम्प पीडितलाई किस्ताबन्दीमा ५० हजार दिने निर्णयप्रति आपत्ति जनाउँदै सरकारलाई सो ध्यानाकर्षण गराएको हो ।



    भूकम्पपीडितले अस्थायी आवास निर्माणका लागि पाउने ५० हजार रुपैयाँ पुग्न ढिलाइ हुँदा पीडितहरु थप पीडित हुनुपरेको कांग्रेसले निष्कर्ष निकालेको छ ।



    पार्टीको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सरकारले निकासा गरेको ५० हजार रुपैयाँ अझै पीडित पाउन नसकेको बताए । यस्तै पछिल्लो समयमा देशमा भइरहेको गणतन्त्रविरोधी प्रदर्शनहरूबारे पनि बैठकमा छलफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार