Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

    ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 417
    SHARES

    काठमाडौं । आज ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाइँदै छ ।

    हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरुको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकासमा उनीहरुको समावेशिताका लागि दिवस मनाउने गरिएको छ ।



    संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि विश्वभर यो दिवस मनाउन थालिएको हो । तर, दिवस मनाइरहे पनि आफूहरुले जीवनयापन उस्तै कठिन भएको अपाङ्गता भएकाहरुले गुनासो गरेका छन् ।



    यस्तै, अपाङ्गतामैत्री संरचना नबन्दा थप कठिनाइ भइरहेको उनीहरुको भनाइ छ। दिवसका अवसरमा सरकारले आज अपाङ्गता भएकाहरुलाई सार्वजनिक बिदा दिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार