Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • आगलागीमा घाइते भएकालाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

    आगलागीमा घाइते भएकालाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । विराटनगरको सातघुम्तीमा रहेको एक कबाडी गोदाममा बुधबार दिउँसो आगलागीमा घाइते भएका चार जनालाई नेपाली सेनाको स्काइ ट्रक मार्फत थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

    उनीहरूलाई उपचारका लागि कीर्तिपुर वर्न सेन्टर पुर्‍याइएको हो । उक्त आगलागीमा २ जनाको मृत्यु भइसकेको छ भने दुई जना गम्भीर घाइते छन् ।



    मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका-७ की ५५ वर्षीया रिता सरदार, वडा ६ की ६० वर्षीया सुशीला पासवान, ५८ वर्षीय किशोर पासवान र ३० वर्षीया पिंकी कामत घाइते छन् । उनीहरू चार जनालाई नै थप उपचारका लागि काठमाडौँ ल्याएको हो ।



    घाइतेमध्ये रिता र सुशीलाको अवस्था गम्भीर छ । आगलागीमा विराटनगर-७ का ३० वर्षीय दीपक मण्डल र पहिचान नखुलेका थप एक गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार