Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सतिशलालप्रति लक्षित गर्दै विनोद चौधरीका छोराले भने–जनताले टेलिकम क्षेत्रका माफिया चिन्ने मौका पाए

    सतिशलालप्रति लक्षित गर्दै विनोद चौधरीका छोराले भने–जनताले टेलिकम क्षेत्रका माफिया चिन्ने मौका पाए

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 3.8K
    SHARES

    काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेल आजियटा प्रकरणले टेलिकम क्षेत्रका माफियालाई नेपाली जनताले चिन्ने मौका पाएको टिप्पणी गरेका छन् ।

    सामाजिक संञ्जालमा लेख्दै चौधरीले नेपालमा १० वर्षदेखि नेपाली लगानीका टेलिकमलाई स्थापित हुनबाट रोक्ने गिरोह नै एनसेल काण्डमा संलग्न रहेको दाबी गरेका हुन् ।



    सीजी टेलिकमविरुद्धको षड्यन्त्रबारे लामो समयपछि मुख खोल्दै चौधरीले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क दिएर डाटामा ५० प्रतिशत सस्तो उपलब्ध गराउने वाचा गर्न पनि नेपाली कम्पनीलाई स्वीकृति नदिइएको बताए ।



    चौधरीले भने, ‘नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् । सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुदैछ । हेर्दै जाऔँ, अरु के के देख्न पाइने हो । एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् ।’

    आज एनसेलको विदेशी शेयर कौडीको भाउमा किनबेच भइरहेको प्रकरणलाई लक्षित गर्दै चौधरीले यही गर्नका लागि सीजी टेलिकमलाई सबै मिलेर रोकेको आरोप लगाए । उनले देशमा अहिले तँ कुटेजस्तो गर्, म राएजस्तो गर्छु नामको सिनेमा चलिरहेको टिप्पणी समेत गरे।

    एनसेलको मुख्य लगानीकर्ता आजियाटा ग्रुप बहार्डले बेलायतको स्पेक्ट्रलाइट युके लिमीटेडसँग सेयर खरीद बिक्री गर्ने सम्झौता गरेको थियो ।

    युकेको स्पेक्ट्रलाइट कम्पनिको डाईरेक्टरमा पनि सतिशलाल आचार्य कै नाम रहेको छ । एनसेलमा २० प्रतिशत लगानी रहेका सतिशलाल आचार्यले नै एनसेलको बहुमत सेयर हत्याउन प्रपञ्च रचेको आरोप लाग्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार