Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गाजामा युद्धविराम रोक्न सुरक्षा परिषद्मा पेस भएको प्रस्तावमा अमेरिकाको भिटो

    गाजामा युद्धविराम रोक्न सुरक्षा परिषद्मा पेस भएको प्रस्तावमा अमेरिकाको भिटो

    अनलाइन नेपाल
  • शनिबार, २३ मंसिर २०८०
  • 696
    SHARES

    एजेन्सी । गाजा क्षेत्रमा भइरहेको युद्ध रोक्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पेस भएको प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ । जसका कारण यो प्रस्ताव पारित हुन नसकेको हो ।

    सुरक्षा परिषद्को हिजो भएको आपत्कालीन बैठकमा यूएईले गाजामा तत्काल एक मानवीय युद्धविराम लागू गर्न माग गर्दै प्रस्ताव पेस गरेको थियो ।



    यो प्रस्तावमा १३ सदस्य देशले समर्थन गर्दै मत दिएका थिए भने अमेरिकाले भिटो प्रयोग गरेको खबरमा उल्लेख छ । बेलायत भने मतदानमा सहभागी नै भएन ।



    अमेरिकाले तत्काल युद्धविराम गर्नु समस्याको समाधान नभएको प्रतिक्रिया दिएको छ । बैठकमा महासचिव एन्टोनियो गुटेरेसले लागू गर्नु भएको धारा ९९ बारे छलफल भएको थियो । अमेरिकाको भिटोको चीन र रुसले आलोचना गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार