Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्र संघले भन्यो – गाजामा सङ्क्रामक रोग फैलिन थाल्यो

    राष्ट्र संघले भन्यो – गाजामा सङ्क्रामक रोग फैलिन थाल्यो

    अनलाइन नेपाल
  • आइतबार, १५ पुष २०८०
  • 477
    SHARES

    एजेन्सी । संयुक्त राष्ट्रसङ्घले गाजामा सङ्क्रामक रोग फैलिन थालेको जनाएको छ ।

    संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसीएचए) ले गाजामा सङ्क्रामक रोग तथा महामारी तीव्र रुपमा फैलिन थालेको जानकारी दिएको हो ।



    राष्ट्रसङ्घका अनुसार झन्डै १ लाख ८० हजार मानिस श्वासप्रश्वासको सङ्क्रमणबाट पीडित भएका छन् भने १ लाख ३६ हजार जनाभन्दा बढी मानिस झाडापखालाबाट ग्रसित भएका छन् ।



    तीमध्ये आधा जनसङ्ख्या पाँच वर्षमुनिका बालबालिकाको रहेको बताइएको छ । गाजामा ठेउला तथा विभिन्न छालासम्बन्धी सङ्क्रमण पनि फैलिन थालेको ओसीएचएले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार