Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु

    चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 483
    SHARES

    फाइल तस्विर

    एजेन्सी । उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएका छन् ।

    हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भाग स्थित कोईला खानीमा दुर्घटना भएको हो ।



    दुर्घटनामा १२ जनाको मृत्यु तथा १३ जना घाइते भएका तथा घाइतेलाई उपचारको लागि अस्पताल पठाएको तथा थप अनुसन्धान भइरहेको सिसीटिभीले जनाएको छ।



    आधिकारिक तथ्याङ्क अनुसार गत वर्ष मात्र एक सय ६८ वटा खानी दुर्घटनामा दुई सय ४५ जनाको मृत्यु भएको थियो।

    गत नोभेम्बरमा हेलोङजियाङस्थित कोइला खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो।

    यसैगरी सेप्टेम्बरमा चीनको गोन्झाउ प्रान्तको एक कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार